ओलीलाई गलाउन प्रचण्ड–नेपाल समूहले आज देशैभर प्रदर्शन गर्ने

Oli madhav

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले संसद विघटनको विरोधमा आज देशभर विरोध प्रदर्शन गर्दै छ । बिहान ११ बजेदेखि काठमाडौं उपत्यकासहित देशैभरी सो समूहले प्रदर्शन गर्न लागेको हो ।

काठमाडौं उपत्यकाको बानेश्वर, चाबहिल, मैतीदेवी, लैनचौर, बागबजार, घन्टाघर, टेकु, थापाथलीलगायतका ठाउँबाट जुलुस निस्कने तथा युवा सङ्घले बागबजारबाट र अनेरास्ववियूले घन्टाघरबाट जुलुस निकाल्ने तयारी गरेको प्रचण्ड नेपाल समूहले जनाएको छ । सबै जुलुसहरु भृकुटीमण्डपमा जम्मा हुने र शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् ।

यसैको विरोधमा यो समूहले आज देशभर प्रदर्शन गर्दैछ। वागमती प्रदेशको आन्दोलनलाई काठमाडौंमा केन्द्रित गरिने छ । राजधानीको भृकुटीमण्डपमा आमसभा हुने तयारी छ । भृकुटीमण्डपमा हुने आमसभालाई प्रचण्ड–नेपालसँगै सचिवालय सदस्यले सम्बोधन गर्नेछन् ।

काठमाडौंमा हुने सभामा उपत्यका भित्रका विभिन्न स्थानीय तहबाट जुलुस निकाल्ने तयारी छ । त्यसकालागि पनि कार्यकर्ता परिचालन भइसकेको नेता अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । काठमाडौंमा कम्तिमा पनि ४० हजार मानिसलाई प्रदर्शनमा सहभागी गराउने प्रचण्ड–नेपाल समूहको दाबी छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...