प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिँदै

Sher bhadur 768x389

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आइतबार दाहाल–नेपाल समुहले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री राईले पदमुक्त गरेसँगै प्रचण्ड माधव पक्षले अविश्वासको प्रस्ताव पेश गर्ने तयारी गरेको हो ।

भीम आचार्यको नेतृत्वमा राईमाथि अविश्वासको प्रस्ताव दर्ता गर्न तयारी गरिएको छ । इन्द्रबहादुर आङ्बोले भने, ‘समय कतिबेला भन्ने चाहिँ टुंगो भएको छैन। तर आजै दर्ता हुन्छ । हामी तयारी गरिरहेका छौँ ।’

केन्द्रमा केपी शर्मा ओली सरकारले प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी दुई गुटमा विभाजित हुँदा यसको असर प्रदेशमा समेत देखिएको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...