ओली समूहको केन्द्रीय कमिटी  बैठक बालुवाटार शुरु, बादल पनि उपस्थित

132948648 3617889101636901 3717175530191021252 n

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय समिति बैठक शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार शुरु भएको तेस्रो केन्द्रीय कमिटी बैठकमा गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल समेत सहभागी भएका छन् ।

संसद विघटनपछि ओली र प्रचण्ड(नेपाल समूहमा नेताहरु कित्ताकाट भइरहेका बेला बादल भने तटस्थ देखिएका थिए । दुवै समूह (ओली र प्रचण्ड-नेपाल) समूहमा नगएका बादल पहिलोपटक ओली समूहको बैठकमा सहभागी भएका हुन् ।

मंगलवार दुवै समूहको बैठकमा नदेखिएका बादलले पार्टी उपाध्यक्ष एवम् सचिवालय सदस्य वामदेव गौतमलाई भने भैँसेपाटीस्थित निवासमा भेट गरेका थिए । सचिवालयका ९ सदस्य मध्ये हाल बादल र गौतम भने तटस्थ थिए । भने आजबाट बादल ओली समूहमा गएका हुन् ।

त्यस्तै हिजो (बुधवार) बिहान प्रधानमन्त्री ओलीले गृहमन्त्री थापासँग एक घण्टा छलफल गरेका थिए। छलफलका क्रममा ओलीले कि आफ्नो कित्तामा आउन कि राजनीमा दिन भनेको स्रोतले बतायो। त्यस लगत्तै उनले प्रचण्डसँग समेत भेटघाट गरेका थिए ।

यसअघि नै बादल समूहका नेताहरुले ओली समूहमा लाग्ने थापाले मुड बनाएको बताएका थिए । त्यस्तै आज नै प्रचण्ड नेपाल समूहको बैठक बबरमहस्थित कार्की ब्यांकेटमा शुरु भएको छ । प्रचण्ड-नेपाल समूहको आजको बैठकले सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने बताइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...