नेकपाका दुई पक्षको केन्द्रीय समिति बैठक आज बस्दै

Nekapa photo 768x497

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुवै समूहको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । प्रचण्ड–माधव नेपाल पक्षको बैठक विहान साढे ११ बजे बबरमहल बस्ने छ ।

बैठकले संसद विघटनविरुद्ध विरोधका कार्यक्रम घोषणा गर्ने नेतृ पम्फा भुषालले जानकारी दिइन् । यसअघि मंगलबार बसेको बैठकले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउँदै वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो ।

मंगलवारकै बैठकमा तोकिएका ९ वटा एजेण्डा मध्ये बाँकी रहेका एजेण्डामा आज छलफल गरि निस्कर्षमा पुगिने नेतृ भुसालको भनाइ छ । बहुमत केन्द्रीय सदस्य आफूतिर रहेको दाबी गर्दै आएको प्रचण्ड–नेपाल समूहले संसद पुनस्थापपनाका लागि सडक आन्दोलनमा समेत उत्रने बताउँदै आएका छन् ।

पार्टीको संगठनात्मक कार्ययोजनाका विषयमा पनि केन्द्रीय समिति बैठकमा छलफल हुनेछ । हिजो संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई दलको नेताबाट समेत हटाउँदै प्रचण्डलाई नै दलको नेता बनाउने निर्णय गरेको थियो । संसदीय दलको नेता चयन भएपछि प्रचण्डले संसद पुनस्र्थापना गरी नयाँ सरकार बनाउने आफूले पहल थाल्ने बताएका थिए ।

यस्तै ओली समूहको केन्द्रीय कमिटी पनि आजै बस्दै छ । ओली पक्षको बैठक बिहान १ बजे बालुवाटारमा बस्ने छ। प्रधानमन्त्री निवास बालुवाटारमा म‌ंगलबार बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तोकेको छ । ७८ मंसिरमा महाधिवेशन गर्ने ओली पक्षको तयारी छ । त्यस्तै केन्द्रीय कमिटी विस्तार गरेको छ । केन्द्रीय कमिटीलाई १ हजार १ सय ९९ सय सदस्यीय बनाइएको छ ।

प्रतिकृया दिनुहोस