नेकपा विवाद : मंसिर २ मा ओली समुहको महाधिवेशन, श्रेष्ठलाई हटाएर ज्ञवालीलाई तोकियो प्रवक्ता

Narayankaji

काठमाडौँ । नेकपाको ओली पक्षीय केन्द्रिय कमिटीले आगामी २०७८ साल मंसीर महिनामा महाधिवेशन गर्ने भएको छ । विभाजन हुनुअघि नेकपाको महाधिवेशन यहि वर्षको चैतमा गर्ने भनिएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ओलीले राखेको २०७८ मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव पारित गरेको हो । बैठकले त्यसको तयारीका लागि १ हजार १ सय ९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक कमिटी गठन गरिसकेको छ ।

त्यस्तै ओली पक्षले स्थायी समिति सदस्य प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ता तोकेको छ । पार्टीको प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठले पार्टी हितविपरित काम गरेको दाबी गर्दै उनलाई हटाई ज्ञवालीलाई प्रवक्ता तोकिएको हो । परराष्ट्र मन्त्रीसमेत रहेका ज्ञवाली यसअघि पनि पार्टी प्रवक्ता रहेका थिए । ओली पक्षीय समुहले गरेको यो निर्णयसँगै नेकपा विभाजन हुने पक्कापक्की भएको छ ।

प्रतिकृया दिनुहोस