सकियो बालुवाटारमा ओली पक्षको भेला : जनतासँग माफी मागेर नयाँ जनादेश माग्न सांसदलाई प्रधनमन्त्रीको निर्देश

132030007 237124004460878 2230437001292189491 n

काठमाडौँ । संसद् विघटनपछि नेकपाका अध्यक्ष प्रधानमन्त्री केपी ओली पक्षको बालुवाटारमा भएको भेला सकिएको छ ।

आफूलाई जनादेश अनुसार काम गर्न नदिएको र पार्टी एकतालाई पनि पूर्ण गर्न नदिएकाले बाध्य भएर संसद विघटनको निर्णयमा पुगेको प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षीय सांसदहरुसँग बताएका छन् ।

बालुवाटारमा भएको विघटित संसदका आफू पक्षीय सदस्यहरुको भेलालाई सम्बोधन गर्दै ओलीले आफ्नो हात बाँधेर काम गर्न नदिएकाले बाध्य भएर पछिल्लो निर्णयमा पुगेको बताएका हुन् ।

भेलामा सहभागी नेकपा नेता निरुदेवी पालले प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै ‘हामीले जनतासँग पाँच वर्षको स्थायी सरकारका लागि जनादेश मागेका थियौँ समृद्धि र विकासको नारासहित । सो अनुसार मलाई काम गर्न दिइएन । त्यसले अब जनतासँग माफी मागेर संसद विघटनको कारण स्पष्ट पारी मत माग्न जानु होला’ भनिन् ।

राष्ट्रपति विरुद्ध महाअभियोग तथा आफू विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएकाले बाध्य भएर संसद विघटन गरेको ओलीले बताएका छन् । नेता पालले स्थायी कमिटिले प्रधानमन्त्रीलाई कारवाही गर्ने भनि गरेको निर्णय पार्टीको विधान विपरित रहेको बताएकी छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...