प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय

Kp sharma oli

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । यो प्रस्ताव पर्सि ७ गते बोलााइएको केन्द्रीय कमिटीको बैठकमा पेश गरिने पनि बैठकले निर्णय गरेको छ । ओलीले संसद विघटन गरेकोप्रति विरोध गर्दै त्यसविरुद्ध कानुनी उपचार खोज्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यस्तै ओलीलाई अनुशासनको कारबाही गर्ने सम्बन्धमा केन्द्रीय समितिमा प्रस्ताव लगिने भएको छ भने त्यसका लागि पुस ७ गते काठमाडौंमा बैठक बोलाइएको छ । संसद विघटन गरेर ओलीले बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीमा प्रहार गरेको बैठकले ठहर गरेको छ ।

प्रतिकृया दिनुहोस