संसद विघटन सिफारिसको विरोध,मन्त्रीपरिषद्का ५ सदस्यको सामूहिक राजिनामा दिने तयारी

Ckk ktm cabinetmeetingb

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको सिफारिसको विरोध गर्दै मन्त्रीपरिषद्का ५ सदस्यले सामूहिक राजिनामा दिने तयारी गरेका छन् ।

पूर्व माओवादीबाट मन्त्री बनेका ५ जनाले सामूहिक राजिनामा दिने तयारी गरेको स्रोतले बताएको छ ।

उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव राजीनामा दिने तयारीमा छन् ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका मन्त्रीहरुले भने राजीनामा दिने नदिने टुंगो भएको छैन ।

प्रतिकृया दिनुहोस