राष्ट्रपतिसँग भेटेर बालुवाटार फर्के प्रधानमन्त्री ओली

Kp oli bidhya bhandari

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग शनिबार साँझ शीतलनिवासमा भेटेर प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार फर्केका छन्। दिनभरिको राजनीतिक भेटघाटपछि प्रधानमन्त्री ओली शनिबार साँझ राष्ट्रपति भण्डारीसँग भेट्न शीतलनिवास पुगेका हुन्।

राष्ट्रपति र प्रधानमन्त्रीबीच एक घन्टाभन्दा लामो समय कुराकानी भए पनि के विषयमा कुराकानी भयो भन्ने स्पष्ट हुन सकेको छैन। प्रधानमन्त्री ओली शनिबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेट्न खुमलटार पुगे पनि आरोपपत्र फिर्ता लिने उनको प्रस्ताव दाहालले अस्वीकार गरेका छन्।

त्यसपछि उनी नेकपाका अर्का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलसँग भेट्न पुल्चोक पुगेका थिए। आइतबारका लागि निर्धारित स्थायी समिति बैठकको पूर्वसन्ध्यामा आफूबिरुद्धको माहौल चिर्न प्रधानमन्त्री ओलीको दौडधूप केन्द्रित रहेको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...