प्रधानमन्त्री ओली प्रचण्ड भेट्न खुमलटार जाँदै

Oli prachadna cover on3e1dyll4 1 768x334

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रच्ण्ड’ लाई भेट्न खुमलटार जाने भएका छन् । प्रधानमन्त्री १० बजे दाहाल निवास जाने प्रधानमन्त्री स्रोतले जानकारी दिएको छ । पार्टीमा जारी गतिरोधबीच ओली दाहाल निवास जान लागेका हुन् ।

हिजो शुक्रबार दाहाल र ओलीबिच बालुवाटारमा भेटवार्ता भएको थियो। बालुवाटारमा भएको भेटमा दाहालले ओलीलाई ‘म मात्रै आइरहन्छु तपाईंपनि मेरोमा आउन हुन्छ नी’ भनेपछि ओली खुमलटार जान लागेको प्रधानमन्त्री निकट श्रोतको भनाइ छ।

प्रचण्ड श्रोतले प्रधानमन्त्री आउन लागेको पुष्टि गर्दै ओली आउने समय थाहा नभएको जनाएको छ।
पछिल्लो समय संवैधानिक परिषद सम्बन्धी विधयेक ल्याएपछि पार्टीमा झनै विवाद उत्कर्षमा पुगेको बेलामा ओली प्रचण्ड निवास जान लाग्नुलाई अर्थपूर्ण मानिएको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...