उखु किसानको समस्या तत्काल समाधान गर्न सरकारसँग अनेरास्ववियूको माग

465323

काठमाडौँ । सतारुढदल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले उखु किसानको तत्काल समस्या समाधान गर्न माग गरेको छ ।

शुक्रबार अनेरास्ववियूका सह-संयोजक रञ्जित तामाङले जारी गरेको विज्ञप्तीमा, “अनेक दु : ख र कष्ट झेलेर उत्पादन गरी विक्री गरेको उखुको मुल्य नपाएर विचल्लीमा परेका उखु किसानहरुद्वारा काठमाडौँको माइतीघरमा संचालित न्यायपुर्ण आन्दोलनमा हाम्रो संगठन अनेरास्ववियू पुर्ण समर्थन र ऐक्यबद्धता ब्यक्त गर्दछ ।”

अनेरास्ववियूले “वर्षेनी करोडौँको चिनी आयात गर्ने देशले उखु किसानहरुलाई संरक्षण , प्रोत्साहन र प्रवर्द्धन गर्नुको साटो उल्टो आफूले विक्री गरेको उखुको मूल्य समेत नपाए र उखु किसानहरु सडक सङ्घर्षमा उत्रिनुपर्ने स्थिति अत्यन्तै खेदजनक भएको बताएको छ ।”

साथै मंसिर-पुषको कठाङ्ग्रिंदो जाडोमा टाढादेखि काठमाडौँ आएर लगातारको सडक आन्दोलनमा उत्रिनु उखु किसानहरूको कुनै रहर हैन । मिल मालिकबाट वर्षौंदेखि पैसा नपाएका उखु किसानहरु गत वर्ष आन्दोलनमा उत्रिए पछि सरकारसँग सहमति भएको थियो ।

तर सहमतिलाई रद्धिको टोकरीमा मिल्काइएपछि यस वर्ष किसानहरु फेरि आन्दोलनमा उत्रिन वाध्य भएका छन् । तर यतिका दिन वितिसक्दा पनि सरकारले अझै ठोस, सार्थक र परिणाममुखी वार्ता र समाधान निकाल्ने प्रयत्न गरेको देखिदैन । यसर्थ उखु किसानहरूको सम्पुर्ण मागहरु तत्काल पूरा गर्न , गराउन र उखुको भुक्तानीसम्बन्धी समस्याको दीर्घकालिन समाधान खोज्न नेपाल सरकार अनेरास्ववियूले जोडदार माग गरेको छ ।  

 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...