एउटा विद्यालयकाे अध्यक्षका लागि सल्यानमा ओली र प्रचण्ड गुटकाे लडाई

Nekapa 2

सल्यानमा एउटा विद्यालय व्यवस्थापन समितिको अध्यक्षकाे चुनावलाइ लिएर सत्तारुढ दल नेकपाका दुइ समुह बीचकाे विवाद उत्कर्षमा देखिएकाे छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. १ काभ्रामा रहेको जनता माद्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको चुनावलाई लिएर केपी शर्मा ओली र पुष्प कमल दाहल प्रचण्ड समुह बीचकाे विवाद सतहमै देखिएकाे हाे ।

दुई पक्षबिच आपसमा सहमति नजुट्दा ओली पक्षका निकट मानिने नेकपा त्रिवेणी गाउँपालिका कमिटी अध्यक्ष लोकेन्द्रसिंह खड्का र प्रचण्ड पक्ष निकट मानिने नेकपा त्रिवेणी गाउँपालिका कमिटी सचिव अजय रोका आमनेसामने भएका हुन ।

विवाद बढ्दै जाँदा दुवै समुहले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदको लागी छुट्टाछुट्टै उम्मद्धारी दर्ता गरेर चुनावी मैदानमा उत्रिएका छन । व्यवस्थापन समितिको अध्यक्ष पदको लागी ओली समुह निकट मानिने नेता लोकेन्द्रसिंह खड्काले नेपाली कांग्रेस संग गठबन्धन बनाएर शालिकराम थापालाई आफ्नो प्लानलको अध्यक्षको उम्मेद्धार बनाएका छन ।

त्यस्तै प्रचण्ड समुह निकट मानिने नेता अजय रोकाले माधव नेपाल समुहका स्थानिय नेता कार्यकर्ताको सहयोगमा आफै अध्यक्ष पदको उम्मेद्धार बनेका छन । दुवैले आआफ्ना उम्मेद्धारलाई पार्टीका आधिकारीक उम्मेद्धार भएको दाबि गर्दै  जिताउन स्थानिय, अभिभावक तथा कार्यकर्ताहरुलाई अपिल गरेका छन ।

मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै ओली पक्षबाट अध्यक्ष खड्का संयुक्त गठबन्धन प्यानलका उम्मेद्धारलाई घडी चिन्हमा मतदान गर्न अपिल गरेका छन भने प्रचण्ड पक्षिय सचिव रोकाले कलम चिन्हमा मतदान गरि पार्टीको आधिकारिक प्यानललाई जिताउन अनुरोध गरेका छन ।

जनता मावि काभ्रामा मंसिर २५ गते व्यवस्थापन समितिको चुनाव तोकिएको छ । अध्यक्ष पदको लागी पार्टीेमा दुई समुह बिच कुरा नमिल्दा विवाद सार्वजनिक वक्तव्यबाजीमा परिनत भएको हो ।

कारबाहिको सिफारिस

यसै बिच विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रियामा विगत देखि नै नेकपाका आधिकारिक उम्मेद्धार विरुद्ध नेपाली कांग्रेस विरुद्ध अपवित्र गठबन्धन गरेर पार्टीलाई आँच पुर्याएको र मंसिर २५ गतेको चुनावमा पार्टीका बिरुद्ध उम्मेद्धारी दर्ता गरेको भन्दै प्रचण्ड निकट रोका समुहले ओली पक्षिय २ नेतालाई निलम्बित गरको र अध्यक्ष तथा जिल्ला कमिटी सदस्य लोकेन्द्रसिंह खड्कालाई कारबाहिको लागी जिल्ला कमिटीलाई सिपारिस गरेको बताएको छ ।

मंसिर २१ गते बसेको नेकपा त्रिवेणी गाउँपालिका कमिटीको बिस्तारित बैठकको निर्णय अनुसार पार्टीका जिल्ला सदस्य तथा अध्यक्ष खड्कालाई कारबाहिको लागी जिल्ला पार्टीलाई सिपारिस गर्ने र गाउँपालिका कमिटी सदस्यहरु छविलाल खत्री र शालिकराम थापालाई गाउँपालका कमिटी सदस्य बाट निलम्बन गर्ने निर्णय गरेको सचिव रोका द्धारा जारि गरिएको विज्ञप्तीमा भनिएको छ ।

तर ओली समुह निकट मानिने नेता लोकेन्द्रसिंह खड्काले भने गुटको भेला गरि कारवाहिको नाटक गरिएको सार्वजनिक रुपमा संचारमाध्यमलाइ प्रतिक्रिया दिएका छन् । उनले भने –‘म पार्टीको गाउँकमिटीको अध्यक्ष हु । मेरो सल्लाह र सहमतिमा पार्टी सचिवले बैठक बोलाउने हो । तर बिस्तारित बैठकको नाममा कारबाहिको नाटक गरियो । पार्टीको बिधानमा बिस्तारित बैठकको कुनै प्राबधान छैन ।’

अध्यक्ष खड्काले आफु पार्टीको निति विधिबाट बाहिर नगएको र जिल्ला पार्टी सँग नियमित सम्पर्कमा रहेको काम गरेको छन । मंगलबार एक प्रेस बिज्ञप्ती जारी गर्दै खड्काले भनेका छन –‘ विवाद मिलाउन मंसिर १७ र २१ गते जिल्ला पार्टी अध्यक्षले बोलाउदा पनि अवेज्ञा गरि मंसिर २१ गते पार्टी हित विपरित गुटको भेला गरि गापा अध्यक्ष र दुई जना सदस्यलाई अराजक उदण्ड मानसिकताका साथ लगाईएको आरोप झुटो हो । हामी नियमित जिल्ला पार्टीको सम्पर्कमा रहि पार्टीको नितिनियम अनुसार चलेको हुदा सम्पुर्ण पार्टी सदस्य शुभचिन्तकहरुलाई विचलित नभएर संयुक्त प्यानल घडि चिन्हमा मतदान गर्न हार्दिक अनुरोध गर्दछु ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...