शिक्षक राजेन्द्र श्रेष्ठले सुराकी गरेर पटकपटक दमन गराए : नेकपा (बिज्ञप्तिसहित)

Rajandar

हत्या गरिएका भनिएका मोरङको मिक्लाजुङ १ का शिक्षक राजेन्द्र श्रेष्ठको प्रतिकारका क्रममा मृत्यु भएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दाबी गरेको छ ।

सो पार्टीका मेची–कोसी ब्युरोका इन्चार्ज प्रतापले मङ्गलबार विज्ञप्ति जारी गरी लामो समयदेखि राजेन्द्र श्रेष्ठले आफ्नो पार्टीका बिरुद्ध सुराकी गर्दै, नेता–कार्यकर्तालाई गिरफ्तार गराउँनुका साथै सरकारलाई सघाउँदै आएको र श्रेष्ठलाई सच्चिन पटकपटक सुझाव तथा चेतावनी दिँदा पनि नसुध्रिएको र उल्टै हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा मृत्यु भएको बताएका छन् ।

राजेन्द्र श्रेष्ठले २०७६ साल फागुन २६ गते पार्टीको मेची–कोसी ब्युरोको बैठकका क्रममा प्रहरी बोलाएर दमन गराएको, जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अप्रेसनसमेत सञ्चालन गराएको र २०७७ साल कात्तिक १२ गते ब्युरो इन्चार्ज बसेको स्थानमा प्रहरी अप्रेसन गराई ब्युरो सदस्य काशीराम घिमिरे र विज्ञान राईलाई गिरफ्तार गराएको तथा पार्टीको महत्वपूर्ण सामग्रीसहित १ लाख रुपैयाँ लुट्न सघाउ पुर्याएको मेची कोसी व्युरो इन्चार्ज प्रतापले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस