सर्वदलीय बैठक सम्पन्न, संविधानविरोधी विरुद्ध एकजुट हुन प्रधानमन्त्री ओलीको आग्रह

Sarbadaliye

काठमाडौँ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ ।

मंगलबार वालुवाटारमा करिब तीन घण्टा चलेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समयमा देशभर भइरहेका संविधानविरोधी र हिंसात्मक गतिविधिको विरोधमा जुट्न सबै दल एक हुनुपर्ने बताएका छन् ।

बैठकको शुरूमै सहभागीहरूलाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले कोभिड-१९ को नियन्त्रण, प्राप्त उपलब्धिहरुको रक्षा, संबिधान विरोधी र हिंसात्मक गतिविधिहरूको विरोधमा एकजुट हुन आग्रह गरेका हुन् ।

सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको आजको बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका प्रमुख र प्रतिनिधिको सहभागिता थियाे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...