सर्वदलीय बैठकमा प्रचण्ड आइफोनमा व्यस्त !

Pppp

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएका छन् । उनी मोबाइलमा व्यस्त हुँदै गरेको तस्वीर सार्वजनिक भएको छ ।

तस्वीरमा प्रचण्ड आइफोन ११ मोबाइलमा व्यस्त रहेका छन् ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्षमा पुगेको बेला नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीचको सम्बन्धमा तिक्तता आइरहेको छ ।

सरकारले बोलाएको मंगलवारको सर्वदलीय बैठकमा नेकपाको प्रतिनिधित्व गर्दै प्रचण्ड सहभागी भएका हुन् ।

प्रधानमन्त्री ओली, विपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवासँगै प्रचण्ड अगाडि बसेका छन् ।

सर्वदलीय बैठकमा प्रचण्डले आइफोन चलाएर बसेका छन् । प्रचण्डको हातमा आइफोन देखिन्छ ।

राजावादीले प्रदर्शन बढाएपछि ओलीले मंगलवार सर्वदलीय बैठक बोलाएका थिए ।-लोकान्तर

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...