विश्‍वमा कोरोना : २४ घण्टामा थप पाँच लाखभन्दा बढीलाई संक्रमण

Corona sa 7 4 2020 4 38 35 7 5 2020 4 38 11 7 16 2020 4 34 05 7 17 2020 4 37 14

एजेन्सी । विश्वभर पछिल्लो २४ घण्टामा थप ५ लाख एक हजार ७०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै विश्‍वमा कोरोना संक्रमितको संख्या ६ करोड ७९ लाख दुई हजार ३११ पुगेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा सात हजार ९०६ जनाले ज्यान गुमाएका छन्। योसँगै कुल मृत्यु संख्या १५ लाख ४९ हजार ६११ पुगेको छ ।

अहिलेसम्म चार करोड ६९ लाख ८७ हजार ६३६ जना संक्रमणमुक्त भएका छन् । हाल विश्वमा एक करोड ९३ लाख ६५ हजार ६४ सक्रिय संक्रमित छन् । तीमध्ये एक लाख छ हजार २१६ जना गम्भीर बिरामी छन् ।

 

प्रतिकृया दिनुहोस