जर्जियाको मतपरिणाम तेस्रो पटक पनि बाइडेननै विजयी

Baiden 1 768x512

एजेन्सी । जर्जिया राज्यले तेस्रो पटक निर्वाचन परिणामलाई प्रमाणित गरेको छ । तिनै पटकको मतपरिणाम प्रमाणित गर्दा डेमोक्रेट उम्मेदवार जो बाइडेन विजयी भएका छन् । जर्जिया राज्यका सचिव ब्राड राफेन्सपेरगेरले सोमबार तेस्रो पटक निर्वाचन परिणाम प्रमाणित गरिएको जानकारी दिदै निर्वाचन परिणाममा कुनै परिवर्तन नभएको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाधली भएको आरोप लगाइरहेका बेला जर्जियाले तेस्रो पटक ब्यालेट मतको पुनगणना गरेर परिणाम प्रमाणित गरेको हो । यस अघि जर्जियामा राष्ट्रपति ट्रम्पले रिपब्लिकन गभर्नरमाथि निर्वाचनको परिणाम उल्टाउन दबाब दिएका थिए । ट्रम्पले जर्जियाका गभर्नर ब्रायन केम्पलाई राज्यको विधान सभाको विशेष अधिवेशन बोलाएर नतिजा उल्टाउन आग्रह गरेका थिए ।

ट्रम्पले अहिलेपनि निर्वाचनमा हार स्वीकार गरेका छैनन् भने लगातार निर्वाचनमा धाधली भएको बताउदै आएका छन् । उनले कैयौं राज्यमा दायर गरेको मुद्धा खारेज हुदा पनि निर्वाचनको परिणाम स्वीकार गर्न मानिरहेका छैनन् । १६ इलेक्ट्रोल मत रहेको जर्जियामा डेमोक्रेट पार्टीले सन १९९२ पछि पहिलो पटक जित हासिल गरेको हो ।

वाशिंटन पोष्टका अनुसार ट्रम्पले जर्जियाका गभर्नरलाई ब्यालेट मतको अडिट गर्न र हस्ताक्षर पुनस् प्रमाणित गर्न आग्रह गरेका थिए । तर गभर्नर केम्पले ट्रम्पको सो अनुरोधलाई आफलाई त्यसो गर्ने अधिकार नभएको भन्दै अस्विकार गरेका थिए ।

प्रतिकृया दिनुहोस