आजको सचिवालय बैठकमा छुट्टाछुट्टै रणनीति

48fe11ca889a7fce3f652

सत्तारूढ दल नेकपाभित्र पार्टी विभाजन समेत हुनसक्ने गरी चर्किएको विवाद समाधान गर्ने सक्रियता देखाएकी रास्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसंग संयुक्त रुपमा भेट्ने तयारी गरेकी थिइन्। कार्यकारी अध्यक्ष प्रचण्ड शितल निवास नगएपछि सो भेट हुन नसकेको नेताहरुको भनाइ छ।

प्रचण्डले आफूलाई भेट्न आएका उपप्रधानमन्त्री एवं सचिवालय सदस्य ईश्वर पोखरेलसंग खुमलटारमा छलफल गरेर रास्ट्रपतिलाई सन्देश पठाए। तर आफै चाहिँ राष्ट्रपति कार्यालय शितल निवास नपुगेको स्रोतले जनाएको छ।

प्रचण्डले शितल निवास जाने वा नजानेबारे वरिष्ठ नेता माधवकुमार नेपालसंग परामर्श गरेका थिए। बिहीवार नै रास्ट्रपतिलाई भेटेर सबै समस्याको जड प्रधानमन्त्री ओली नै रहेको र उनले सहमति तथा बैठकका निर्णय समेत कार्यान्वयन नगर्दा पार्टी गम्भीर विवादमा फसेको जिकिर गरेका थिए।

‘यो पटक ओलीजी नै सच्चिनु पर्ने’ अडान राष्ट्रपतिसँग राखेर आएका प्रचण्ड शुक्रवार पनि फेरि शितल निवास जान चाहेनन्। प्रचण्डसंग सहमति गरेरै विवाद समाधान गर्ने बालुवाटार र शितल निवासको योजना रहेको छ। कार्यकारी अध्यक्ष प्रचण्ड एक्लै सहमति गर्ने पक्षमा छैनन्।

उनले शुक्रवार बिहान समझदारीका लागि प्रस्ताव लिएर आफूलाई भेट्न पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई पनि दुई अध्यक्षबीच मात्र सहमति गरेर यो पटक नहुने जवाफ दिएका थिए। पोखरेलले त्यही सन्देश शितल निवास पुर्‍याएका थिए। शनिबार १ बजे बैठक बस्नुअघि प्रचण्डलाई सहमतिमा ल्याउन बालुवाटार र शितलनिवासले अन्तिम प्रयास गर्दैछ। सचिवालय बैठकमा प्रधानमन्त्री ओली सहभागी हुने वा नहुने अझै प्रष्ट भैसकेको छैन।

पार्टीको बैठकमा बहुमत–अल्पमतको प्रक्रिया अघि बढ्ने अवस्था आएपछि ओली पक्षले सहमतिको आधार खोज्न दौडधुप थालेको हो। कात्तिक २८ गते सचिवालय बैठकमा राखेको प्रस्ताव फिर्ता लिएर नयाँ प्रकारको सहमतिको बिन्दु खोज्न ओली पक्षका नेताहरूले आग्रह गरे पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले मानेका छैनन्। राजनीतिक भवष्यमाथि नै दाग लाग्नेगरी दाहालले ओलीविरुद्ध आलोचनात्मक प्रस्ताव राखेपछि ओलीले पनि मंसिर १३ गते त्यसको लिखित प्रत्युत्तर फर्काएका थिए। त्यसपछि झनै चिढिएका दाहालले आफ्नो प्रस्ताव पार्टीको कमिटीमा छलफल गराउने र त्यसलाई पास गराएरै छाड्ने अडान लिएपछि ओली समूहका नेताहरूले त्यसलाई फिर्ता गराएर संयुक्त दस्तावेज प्रस्तुत गर्नुपर्ने बताउँदै आएका छन्।

मंसिर २० गते शनिबार बैठक बस्नुअघि ओली पक्षका नेताहरूले पटकपटक भेटर छलफल गरे पनि दाहाल पक्षले उनीहरूका कुरा सुन्न पनि चाहेको छैन। ‘जे हुन्छ बैठकबाटै हुन्छ, निर्णय फिर्ता गर्नुपरे बैठकबाटै हुन्छ,’ दाहालले भनेका थिए। तर ओली पक्ष केही दिन बैठक सारेर भए पनि सहमतिको आधार खोज्ने क्रममा रहेको जनाइएको छ। दाहालले राखेको प्रस्ताव फिर्ता गराएर संयुक्त दस्तावेजको पक्षमा ओली पक्ष रहेको छ।

बिहीबार र शुक्रबार दुई दिन नै ओली पक्षका नेताहरूले संयुक्त दस्तावेज नआए पार्टी एकता धरापमा पर्ने भएकाले कात्तिक २८ गते प्रस्तुत गरिएको प्रस्ताव फिर्ता गरी नयाँ दस्तावेज ल्याउन र त्यसका लागि केही दिन बैठक पर सार्न आग्रह गरेका छन्। तर दाहाल आफूले राखेको प्रस्ताव फिर्ता गर्ने सोचमा नदेखिएपछि सहमतिको अर्को आधार नभएको भन्न थालिएको छ। महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङले अध्यक्ष दाहालसँग भेटघाट गरी मनाउने प्रयास गरेका थिए। साथै उपप्रधानमन्त्री तथा सचिवालय सदस्य ईश्वर पोखरेलले खुमलटार पुगेर दाहाललाई मनाउने कोसिस गरेका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...