आज नेपाकाको सचिवालय बैठक बस्दै, के होला निर्णय ?

2831

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक शनिबारका लागि बोलाइएको छ । दिउँसो १ बजेपछि बस्ने बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी हुने–नहुनेबारे अन्योल नै छ ।

गत मंगलबार ओली बैठकमा सहभागी भएका थिएनन् भने सो बैठकले शनिबारको बैठकमा ओलीलाई सहभागी हुन अनुरोध गर्दै १८ गतेका लागि तय भएको स्थायी समिति बैठक समेत मंसिर २१ का लागि सार्ने निर्णय भएको थियो ।

आजको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेका अलग–अलग प्रस्तावमाथि छलफल गर्ने तयारी छ । यस्तै मंसिर १३ को बैठकमा ओलीले जवाफ पेस गरेका थिए । त्यसपछि गत मंगलबार बसेको बैठकमा ओली अनुपस्थित भएपछि कार्यकारी अध्यक्ष प्रचण्डले बैठक तीन दिनसम्म स्थगित गरेका हुन् ।

यसबीचमा नेताहरुबीच सहमतिको प्रयास जारी रहेपनि ठोस निष्कर्ष निस्कन सकेको छैन ।

प्रतिकृया दिनुहोस