राष्ट्रपति भण्डारीसँग नेकपा अध्यक्षद्वयको छुट्टाछुट्टै भेट

113149507 1596179337206854 5852048661830185715 o

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै भेटघाट गरेका छन् । राष्ट्रपति निवास शीतल निवासमा भएको भेटलाई नियमित भेट भनिएको छ ।

प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईका अनुसार प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न दिउँसो शीतल निवास पुगेका थिए। “राष्ट्रपतिसँग प्रधानमन्त्रीको नियमित भेटघाट हो, अरु विषयमा छलफल भएको होइन” प्रेस विज्ञ बजगाईले भन्नुभयो । राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच एक घण्टा बढी समय छलफल भएको थियो ।

त्यस्तै, नेकपाका अर्का अध्यक्ष प्रचण्ड साँझ साढे ६ बजेतिर राष्ट्रपति भण्डारीलाई भेटन शीतल निवास पुगेका थिए । उनीहरुबीच पनि करिब एक घण्टा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी गराएको छ । छलफल के विषयमा भएकोबारे जानकारी नगराइएको सचिवालयका सदस्यहरुले बताएका छन् ।

 

प्रतिकृया दिनुहोस