नेकपा सचिवालय बैठक : अध्यक्षद्वयको राजनीतिक प्रस्तावमा अध्ययन शुरु, अर्को बैठक बुधबार १ बजे बस्ने

128276652 3559661997459612 8218915256723972831 n

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल भएको छ ।

बैठकमा यसअघि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको लिखित पत्रका सम्बन्धमा बैठकमा छलफल भएको हो ।

आज बसेको बैठकमा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धारणा राखेको र त्यसमा अन्य सचिवालयका सदस्यले पनि धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

यो बीचमा नेताहरुबीच छलफल, अन्तरक्रिया र संवाद जारी राख्नु उचित हुने बताउँदै प्रवक्ता श्रेष्ठले प्रतिवेदनमा उठेका विषयमा गम्भीर रुपमा आफ्नो धारणा राख्ने काम भएको बताए । अर्को बैठक भोली १ बजे बस्ने तय भएको उनले जानकारी दिए ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...