महासचिव पौडेललाई केक खुवाउँदै सुरु भयो नेकपा सचिवालयको बैठक  

129115798 3559661730792972 1750365116286829317 n

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक महासचिव विष्णु पौडेलको ६२ औं जन्मदिन मनाउँदै सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकअघि पौडेलको जन्मदिनको अवसरमा केक काटेर जन्मदिन मनाइएको हो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरुले पौडेललाई केक खुवाएर शुभकामना दिएका थिए ।

त्यस अवसरमा पार्टी उपाध्यक्ष बामदेव गौतमले पौडेललाई १०० वर्ष बाँच्नुहोस् र राम्रो काम गर्दै जानुहोला भनी शुभकामना दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । पौडेललाई जन्मदिनको शुभकामना दिएपछि नेकपा बैठक सुरु भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...