भारतसहितका सबै देशमा अन्तर्राष्ट्रिय उडान खुला, तत्काल २ उडान हुने

Airplane 768x461

काठमाडौँ । नेपालले भारतसहित सबै मुलुकका काठमाडौंका लागि हुने व्यवसायिक अन्तर्राष्ट्रिय उडान खुला गरेको छ । कोरोना माहामारीका कारण ०७६ चैत ९ गतेदेखि रोकेका भारतसहित सबै मुलुकमा उडान सुरु गर्न अनुमति दिएको हो ।

नेपाल र भारतका वायुसेवाले दुवै देशका नागरिकलाई मात्रै सेवा दिने छन् । ‘अहिलेलाई बढीमा दुई फ्लाइट हुनेछन् । एउटा नेपाली वायुसेवाले गर्ने अर्को भारतीय करियरले गर्ने छ,’ सहसचिव लामिछानेले भने, ‘योसँगै सबै क्षेत्रका लागि नेपालले उडान खुला गरेको छ ।’

अब विदेशी वायुसेवाले यात्रु भएका रुटमा व्यवसायिक उडान गर्न पाउने छन् । पहिले जस्तो सीसीएमसी, परराष्ट्र, पर्यटन मन्त्रालयको विशेष अनुमति लिइरहनुपर्ने छैन । नेपालमा १६ वटा मुलुकका २६ वटा वायुसेवाले २१ वटा गन्तव्यबाट काठमाडौंका लागि व्यवसायिक उडान अनुमति लिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...