सरकार ढाल्ने सपना कसैले नदेखे हुन्छः ज्ञवाली

Pradeep gyawali 2192019044200 1000x0 2

गुल्मी । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले पार्टीभित्रै किचलो निकालेर अहिलेको सरकार विघटन गर्न खोजिएको आरोप लगाउँदै यो सरकार विघटनको सपना कसैलाई नदेख्न चेतावनी दिएका छ्न् । आइतबार गृह जिल्ला गुल्मीको सत्यवती गाउँपालिका १ अस्लेवा खानेपानी योजनाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले सो चेतावनी दिएका हुन् ।

अहिलेको सरकार जनताले आफ्नो अभिमत दिएर बनाएको बताउँदै मन्त्री ज्ञवालीले यो सरकारले राम्रो काम नगरे जनताले नै बिघटन गर्न सक्ने तर अरुलाई त्यस्तो सपना नदेख्न उनले चेतावनी दिए । पार्टीको शीर्ष तहमा भएको आरोप प्रत्यारोपप्रति मन्त्री ज्ञवालीले असन्तुष्टी जनाउदै आएका छन् । कार्यक्रममा उनले जिल्लाको रुद्रवेणी ठुलोलुम्पेक सडक पिच गर्न रकम बिनियोजन गर्ने प्रतिबद्धता समेत जनाए । २०७२ सालमा सुरु गरिएको उप्त योजना रकम अभावका कारण अलपत्र रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...