चिनियाँ रक्षामन्त्री वेईले भेटे प्रधानमन्त्री ओलीलाई

Thumb

काठमाडौँ । नेपालको एक दिने भ्रमणमा रहेका चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्हेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर वेईले रक्षामन्त्री समेत रहेका ओलीसँग आइतबार साँझ शिष्टाचार भेटवार्ता गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री निवास जानु अघि वेईलाई नेपाली सेनाको एक टुकडीले सैनिक मुख्यालय जंगी अड्डामा सम्मान गारद (गार्ड अफ अनर) प्रदान गरेको थियो ।

त्यसलगतै वेईले प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय भेटवार्ता गरेका थिए । जंगी अड्डाको भेटघाट सकिएपछि वेई प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन् । प्रधानमन्त्री ओलीसँगको शिष्टाचार भेटवार्ता गरेपछि वेई राष्ट्रपति कार्यालय पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम रहेको छ । राष्ट्रपति कार्यलयबाट सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर चिनियाँ रक्षा मन्त्री वेईको नेपालको एक दिवसीय औपचारिक भ्रमण पूरा गर्ने छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...