इरानले लिने भयो वैज्ञानिक हत्याको ‘बदला’

Assassinated iranian sceintist 1

एजेन्सी । इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खमेनीले शीर्ष परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्याको बदला लिन आव्हान गरेका छन् । राजधानी तेहराननजिक हत्या भएका इरानको सबैभन्दा वरिष्ठ आणविक वैज्ञानिक मोहसेन फाख्रिजादेहको हत्याको बदला कुनै पनि हालतमा लिएरै छोड्ने उनले बताएका हुन् ।

इरानको रक्षा मन्त्रालयले बर दामाभान्द काउन्टीको अवसार्दमा आक्रमणमा परेका उनको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको पुष्टि गरेको थियो । पश्चिमी मुलुकका गुप्तचर निकायहरुले फाख्रिजादेहको इरानको गोप्य आणविक हतियार कार्यक्रममा हात रहेको आशंका गर्दै आएका छन् । अन्तर्राष्ट्रिय कूटनीतिज्ञहरुले उनलाई ‘इरानी बमका पिता’ भन्ने गरेका छन् ।

इरानले प्रशोधित युरेनियमको उत्पादन बढाउँदै गरेको विषयमा पछिल्लो समयमा विश्वले चिन्ता प्रकट गरिहेका बेला यो हत्याकाण्ड भएको हो । इरानको रक्षा मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा मन्त्रालयको अनुसन्धान तथा विकास संस्थाको प्रमुख फाख्रिजादेह रहेको सवारीसाधनमा सशस्त्र आतंककारी समूहले एक्कासि आक्रमण गरेको जनाइएको छ ।

यसअघि इरानका विदेशमन्त्री मोहमद जाभाद जारिफले यस घटनालाई राष्ट्रिय आतंकको संज्ञा दिँदै यसको घोर भत्र्सना गरेका छन् । जारिफले यस हत्याकाण्डपछाडि इजरायलको हात हुनुपर्ने आरोप लगाएका छन् । तर, इजरायलले उनको आरोपबारे अझैसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

सन् २०१८ को अप्रिलमा इरानको विवादास्पद आणविक कार्यक्रमबारे सार्वजनिकरूपमा बोल्ने क्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यिनै वरिष्ठ इरानी वैज्ञानिकको नाम उल्लेख गरेका थिए । इरानी सेनाको इस्लामिक रिभुलुस्नरी गार्ड कोप्र्सले फाख्रिजादेहको हत्यापछाडिको उद्देश्य इरानलाई अत्याधुनिक आणविक शक्ति सम्पन्न हुनबाट रोक्नु रहेको पनि दाबी गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...