नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु, यी हुन छलफलको एजेन्डा

127276263 3551436718282140 7017560655840305278 n

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ।

आजको सचिवालय बैठकमा  प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले लिखित राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने निर्धारित कार्यसूचि छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट कार्तिक २८ मा पेस भइसकेको राजनीतिक प्रस्तावको अध्यक्ष ओलीले शनिबारको सचिवालय बैठकमा जवाफी राजनीतिक प्रस्ताव पेस गर्दै छन् । 

१० दिन लगाएर अध्यक्ष ओलीले आफूमाथि लागेका आरोपबारे लिखित जवाफसहित प्रतिवेदन तयार पारेका छन् । नेकपाको आज बस्ने सचिवालय बैठकमा औपचारिक रूपमै दुई अध्यक्षका राजनीतिक प्रस्तावले प्रवेश पाएका छन्। 

जारी अन्तरविरोध सचिवालय बैठकबाट समाधान नभए दुवै अध्यक्षको प्रस्ताव स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकमा पेस हुने नेताहरूले बताएका छन् । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...