सुडानका पूर्वप्रधानमन्त्री मेहदीको कोरोनाबाट मृत्यु

Sudanpmm 20201127074810

एजेन्सी । सुडानका पूर्वप्रधानमन्त्री तथा प्रतिपक्षी दलका वरिष्ठ नेता सादिक अल मेहदीको ८४ वर्षको उमेरमा कोभिड १९ का कारण मृत्यु भएको छ ।

प्रजातान्त्रिक प्रक्रियाबाट प्रधानमन्त्रीमा चुनिएका मेहदी तत्कालिन राष्ट्रपति ओमर अल बसिरद्वारा १९८९ मा वर्खास्त भएका थिए ।

वर्खास्त भएपछि नै प्रतिपक्षी दल नेश्‍नल उमा पार्टीको नेताको रुपमा मेहदीले लोकतान्त्रिक मुल्य मान्यता र मानव अधिकारको पक्षमा निरन्तर आवाज उठाउँदै आएका थिए ।

अचानक कोभिड १९ को संक्रमण पुष्टि भएपछि मेहदी थप उपचारका लागि यूएई गएका थिए । उपचारको क्रममा उनको मृत्यु भएको बताइएको छ ।

सुडानमा हाल कोरोनाभाइरसको संक्रमणबाट २ सय जनाको मृत्यु भइसकेको छ भने १७ हजार सङ्क्रमित छन् ।

प्रतिकृया दिनुहोस