गुजरातको एक कोरोना अस्पतालमा आगलागी, ५ जनाको मृत्यु

Fire covid hospital gugarat

काठमाडौँ । भारतको गुजरात राज्यको राजकोट जिल्लामा कोरोना अस्पातालमा आगलागी हुँदा ५ जना बिरामीको मृत्यु भएको छ । बिहीबार राति भएको आगलागीमा एक बिरामीको स्थिति गम्भीर रहेको भारतीय सञ्चारमाध्यामले जनाएका छन् । विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको त्यहाँको प्रहरीले जनाएको छ ।

उक्त आगजनी बंगला चौराहेको नजिक उदय शिवानन्द कोभिड अस्पतालको आइसीयू वार्डमा भएको हो । उक्त घटना राति १ देखि २ बजेको बीचमा भएको बताइएको छ । अस्पतालमा कोरोनाका ३३ बिरामीको उपचार चलिरहेको थियो । ज्यान गुमाउनेमा रामसिंह भाई, नितिनभाई बदानी, सिकलाल अग्रावत, संजय राठौर र केशुभाई अकबरी हुन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...