अर्थमन्त्री पौडेलद्वारा सरकारी अस्पतालको शिलान्यास

X

लुम्बिनी । सरकारले सबै पालिकामा कम्तीमा एउटा १५ शैय्याको सरकारी अस्पताल निर्माण गर्ने नीतिअनुसार आज पहिलो अस्पतालको रुपन्देहीमा शिलान्यास गरिएको छ । तिलोत्तमा नगरपालिका–६ गोरकट्टामा निर्माण हुने १५ श्ययाको सरकारी अस्पतालको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गरे । तिलोत्तमा नगरपालिकामा विसं २०४० मा स्थापना भएको आनन्दवन स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ श्ययाको अस्पताल बनाउन थालिएको हो ।

अस्पताल पूर्ण निर्माण भई सञ्चालनमा ल्याउन रु १७ करोड लागत अनुमान गरिएको छ । उक्त क्षेत्रमा १४ कठ्ठा क्षेत्रफलमा फैलिने अस्पताल स्थापनाका लागि स्व गोपाल, अमृतप्रसाद र शम्भुप्रसाद ओझाले जग्गा उपलब्ध गराएका हुन् । विसं २०४० मा उनीहरुले १० कठ्ठा जग्गा उपलब्ध गराएर स्थापना भएको स्वास्थ्यचौकी अहिले उनका छोराले थप चार कठ्ठा जग्गा उपलब्ध गराएसँगै अस्पतालमा स्तरोन्नति सहज भएको हो ।

हाल बर्थिङ सेन्टर र प्रयोगशालासहित सेवा प्रदान गरेको स्वास्थ्यचौकी अस्पतालमा स्तरोन्नति भएसँगै प्राथमिक अस्पताल समूह ‘ख’ अनुसारको सेवा उपलब्ध गराइने छ । अर्थमन्त्री पौडेलले निर्माणमा बजेट अभाव हुन नदिइने बताए । उनले सरोकार पक्ष सबैलाई गुणस्तरीय निर्माणमा ध्यान दिन आग्रह गरे । उनले तिलोत्तमाकै सेमरा बजार स्वास्थ्यचौकीलाई अस्पतालमा स्तरोन्नति गराउन आफूले सक्दो पहल गर्ने पनि बताए । तिलोत्तमा वडा नं १ र ८ को २०० बिघा क्षेत्रफलमा बन्ने सरकारी मेडिकल कलेज तिलोत्तमाको मात्र नभई प्रदेशकै गेम चेञ्जर प्रोजेक्ट भएको बताउँदै अर्थमन्त्री पौडेलले स्रोतको व्यवस्थापन गरी तिलोत्तमामा बसपार्क, स्तरीय सडक, पुल, सिँचाइ नहरलगायत थुप्रै विकास योजना अघि बढाइने जानकारी दिए ।

सो अवसरमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले रुपन्देहीले विकासमा ठूलो फड्को मारेको बताउँदै तीनै तहका सरकारको समन्वयमा काम हुँदा जनताले परिवर्तनको अनुभूति गर्न सक्ने अवस्था आएको उल्लेख गरे । तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेले अर्थमन्त्री पौडेलले यसअघि जनाएको प्रतिबद्धतानुसार अस्पताल निर्माणको क्रम अघि बढेकामा खुशी व्यक्त गर्दै अस्पताल सञ्चालनमा आउँदा तिलोत्तमाको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपिने बताए ।

जग्गादातामध्येका जीवनप्रसाद ओझाले अस्पताल निर्माणले राष्ट्रियस्तरमा चर्चा पाएको तिलोत्तमाको प्रतिष्ठालाई अझै उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै स्वास्थ्यचौकी अस्पतालमा स्तरोन्नति हुँदा ओझा परिवार गौरवान्वित भएको बताए । त्यस क्रममा जग्गा उपलब्ध गराउने जीवनप्रसाद ओझा, कल्याणप्रसाद ओझा र नारायणप्रसाद ओझालाई सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...