बुटवलमा कालो झन्डा सहित लखेटिए अर्थमन्त्री पौडेल

Jazaznx

बुटवल । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालो झण्डा देखाइएको छ ।

बुटवलबाट पश्चिम सैनामैनातर्फ जाने क्रममा नेता पौडेललाई नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताले तिनाउ पुल नजिक नेपालगन्ज रोडमा कालो झण्डा देखाएका हुन् ।

नेता पौडेल आफ्नो निर्वाचन क्षेत्र (रुपन्देही–२) को सैनामैना मा.बि रानिबगिया र पर्राेहा मा.बि. मुर्गियाको नव निर्मित भवनको उदघाटन गर्न जाँदै थिए ।

प्रहरीले कालो झण्डा देखाउने प्रदर्शनकारीलाई तत्कालै सडकबाट हटाएपछि नेता पौडेल आफ्नो गन्तव्यतर्फ लागेका थिए।

चुनावमा बुटवललाई स्थायी राजधानी बनाउने मुख्य चुनावी एजेण्डा बनाएर चुनाव जिते पनि अन्तिममा एजेण्डा छाडेर अर्थमन्त्री पदसँग राजधानी साटेको आरोप पनि पौडेललाई लाग्दै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...