उपत्यकामा लकडाउन नगरिने, परीक्षणको दायरा भने बढाइने

Ccmc meeting 1 768x416

काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले उपत्यका नगरपालिका फोरमले माग गरेजस्तो निषेधाज्ञा नगरिने बताएको छ । सिंहदरबारमा मंगलबार बसेको सिसिएमसी बैठकले कोरोनालाई मध्यनजर गर्दै यसअघि बन्द गरिएका सेवाहरु कोरोना संक्रमण न्युन हुदै गएको स्थानमा खुल्ला गर्नका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय गरेको हो । बैठकले कोरोना संक्रमणको जोखिम काठमाडौं उपत्यकामा भने उच्च रहेको निष्कर्ष निकालेको छ ।

बैठकले कोरोना जोखिम उच्च देखिएका स्थानको पहिचान गरी निश्चित क्षेत्रमा आवश्यकता अनुसार सिल गरि परिक्षणको व्यवस्था मिलाउने निर्णय पनि गरेको छ । त्यस्तै बैठकले अन्तराष्ट्रिय उडानहरु नियमित भएका अलावा अन्य देशहरुबाट पनि आवश्यकता अनुसार थप उडान गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिए ।

बैठकले केही सेवा कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण भए सेवा प्रवाह नै बन्द गरिने गरेकोमा अब संक्रमित कर्मचारीलाई आइशोलेट गरेर बाँकी कर्मचारीबाट सेवा प्रवाहलाई निरन्तरता दिने निर्णय भएको उनले बताए । त्यस्तै काठमाडौं उपत्यकामा एकीकृत एम्बुलेन्स सेवाको पार्किङको समस्या देखिएकाले त्यसको व्यवस्थापन सम्बन्धित नगरले नै गर्नेगरी निर्णय गरिएको गुरागाईले जानकारी दिए ।

बैठकमा उपत्यकामा कोरोना संक्रमणको अवस्थाका बारेमा पनि छलफल भएको थियो । बैठकले उपत्यकामा परीक्षणको दायरा बढाउने निर्णय गरेको छ भने मेयर फोरमको सुझाव दिएअनुसार उपत्यकामा लकडाउन वा सील गर्ने कुनै सम्भावना नरहेको गुरागाँइले जानकारी दिए । त्यस्तै बैठकमा नेपालभर कोरोना संक्रमणको अवस्था तथा रोकथाम र नियन्त्रणका लागि भएका प्रयासका बारेमा छलफल भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...