बेलिजका प्रधानमन्त्री जोन ब्रिसेनो कोरोना भाइरसबाट संक्रमित

E377cf725ac97af4d557b99145447af3 w1000 h500 cp



काठमाडौँ । मेक्सिको सिटी बेलिजका प्रधानमन्त्री जोन ब्रिसेनोलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार वक्तव्य जारी गर्दै उनी कोरोनाभाइरसबाट सङ्क्रमित भएको जानकारी दिएको हो ।

‘प्रधानमन्त्री ब्रिसेनो कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि अहिले आइसोलेसनमा बसेका छन्’ प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ। कार्यालयका अनुसार उनी आगामी दुई हप्तासम्म आइसोलेसनमै बस्नेछ। त्यसपछि उनले पुनः परीक्षण गर्नु हुने कार्यालयले जनाएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको विवरण अनुसार बेलिजमा अहिलेसम्म पाँच हजार १८३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। त्यसैगरी कोरोनाकै कारण बेलिजमा अहिलेसम्म ११६ जनाको मृत्यु भएको पनि विश्वविद्यालयले जानकारी दिएको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...