असमका पूर्व मुख्यमन्त्री तरुण गोगोईको निधन

1606177553 aaa

नयाँ दिल्ली । भारतका असममा पूर्वमुख्यमन्त्री तरुण गोगोईको निधन भएको छ । गत अगष्टमा कोरोना संक्रमण भएपछि २ महिनाको उपचारपछि संक्रमणमुक्त भएका उनको ८६ वर्षको उमेरमा सोमबार निधन भएको हो । काँग्रेसका नेता गोगईको शव आज (मंगलबार) अन्तिम श्रद्धाञ्जलीका लागि शंकरदेव कला क्षेत्रमा राखिने जनाइएको छ ।

उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने जनाइएको छ । गोगोई ३ पटकसम्म असमको मुख्यमन्त्री भएका थिए । 

 

प्रतिकृया दिनुहोस