भारतीय विदेश सचिव श्रींगला बिहीबार काठमाडौँ आउने

2020 8$2020081816445880866 0 news large 17

काठमाडौँ । भारतीय विदेश सचिव हर्षवद्र्धन श्रींगला यही बिहीबार नेपाल आउने भएका छन्। दुई दिने औपचारिक भ्रमणका लागि उनी ११ गते काठमाडौं आइपुग्ने कार्यक्रम तय भएको हो।

विदेश सचिव भएपछि छिमेकी देशका भ्रमण गर्ने परम्पराअनुसार श्रींगला नेपाल आउन लागेको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ। यसअघि उनले भुटान र म्यानम्यारको भ्रमण गरिसकेका छन्।

नेपालले गत जेठमा लिम्पियाधुरासहितको नक्सा जारी गरेपछि हुन लागेको श्रींगलाको यो सबैभन्दा उच्च तहको भ्रमण हो। गत महिना भारतीय सेनाअध्यक्ष मनोज मुकुन्द नरवाणेले नेपालको भ्रमण गरेका थिए।

दुई दिने नेपाल भ्रमणका क्रममा श्रींगलाले नेपाली समकक्षी भरतराज पौडेलसँग औपचारिक वार्ता गर्ने छन् भने परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन्।

श्रींगलाको भ्रमणले नेपाल र भारतबीचको पौराणिक र ऐतिहासिक सम्बन्धलाई अझ बजबुत बनाउने दाबी भारतीय परराष्ट्र मन्त्रालयले गरेको छ। श्रींगला शुक्रबार स्वदेश फर्किनेछन्।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

विप्लव समुहको बन्द : मकवानपुरमा बस जलाइयो, बनेपामा नेपाली सेनाद्धारा डिस्पोज

Bus aagolagi

काठमाडौं । नेत्रविक्रम चन्द समुहले गरेको नेपाल बन्दका क्रममा ठाउँठाउँमा आगजनी भएको छ । काभ्रेको ब...