बलात्कारका घटनामा मिलापत्र गराउनेलाई फौजदारी अपराधमा कारबाही गर्न आध्यादेश

Nekapa sachibalaya baithak

सरकारले बलात्कारका घटनामा मिलापत्र गराउनेहरुलाई फौजदारी अपराधमा कारबाही गर्न आध्यादेश ल्याएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ ।

अध्यादेशमा बलात्कारका घटनामा पञ्चायती वा जुनसुकै नाममा हुने मिलापत्रलाई अपराध किटान गरिएको छ ।

बलात्कारको परिभाषालाई पनि संशोधन गर्दै अध्यादेशले जोसुकैले जोसुकैलाई बलात्कार गर्नसक्छ भन्ने प्रष्ट पारेको छ । यसअघि मुलुकी अपराध संहितामा महिला मात्र बलात्कृत हुन सक्ने गरी बलात्कारको परिभाषा गरिएको छ ।

साथै कुनै नाबालिग (१८ वर्षभन्दा कम उमेर) माथि बलात्कार वा बलात्कार प्रयास भएको थियो, तर उजुरी परेको थिएन भने साबालिग भएको एक वर्षभित्र उजुरी दिन सक्ने व्यवस्था समेत अध्यादेशमा गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

विप्लव समुहको बन्द : मकवानपुरमा बस जलाइयो, बनेपामा नेपाली सेनाद्धारा डिस्पोज

Bus aagolagi

काठमाडौं । नेत्रविक्रम चन्द समुहले गरेको नेपाल बन्दका क्रममा ठाउँठाउँमा आगजनी भएको छ । काभ्रेको ब...