कोरोना खोपको आपत्कालीन प्रयोगका लागि फाइजर कम्पनीले आवेदन दिँदै

Corona vaccine

एजेन्सी । औषधि निर्माता कम्पनी फाइजर र उसको सहयोगी बायोटेकले अमेरिकामा कोभिड–१९ खोपको आपत्कालीन प्रयोगका अनुमति लिन आवेदन दिने भएको छ । अमेरिकामा कोरोना संक्रमितलाई खोप दिन औषधि निर्माता कम्पनी फाइजर र उसको सहयोगी बायोटेकलाई अनुमतिको तयारी भएको हो ।

अनुमतिका लागि फाइजरले अमेरिकी खाद्य एवं औषधि प्रशासन (एफडीए)मा आवदेन दिएको छ । यो खोपको परीक्षणको क्रममा ६५ वर्ष भन्दामाथिका ९४ प्रतिशतमा प्रभावकारी देखिएको दाबीसँगै उसलाई अनुमति दिने तयारी भएको हो । यद्यपि अमेरिकी खाद्य एवं औषधि प्रशासन (एफडीए)ले यस कम्पनीको खोप सुरक्षित छ कि छैन भनेर निर्धारण गर्न बाँकी नै छ ।

उसले यसको परीक्षण गरेर डिसेम्बर दोस्रो सातासम्म खोपको अनुमति दिने अपेक्षा गरिएको छ । फाइजरले तयार पारेको खोप परीक्षण गरिएका ४१ हजार जनामध्ये ९४ प्रतिशतलाई ठीक भएको दाबी गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...