यूपीमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु

Pratap jeep accident

एजेन्सी । भारतको उत्तर प्रदेशको प्रतापगढ जिल्लामा विहीबार राति सडक दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना बालबालिका पनि रहेका छन् । मृत्यु हुने बच्चामा ७ देखि १५ वर्षका रहेका छन् भने अन्यको उमेर भने २० देखि ६० वर्ष रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रोकिरहेको ट्रकमा जीप ठोक्किँदा उनीहरुको मृत्यु भएको उत्तरप्रदेश प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ढोका काटेर शव निकालिएको छ ।

मृत्यु हुनेमा १२ जना कुन्डा कोतवालीको चौंसा जिरगापुर गाउँका हुन् भने ड्राइभर र एक बच्चा भने छिमेकी गाउँका हुन् । उनीहरु नवाबगंज थाना इलाकाको शेहपुरा गाउँमा जन्त गएका थिए । जीप ट्रकसँग ठोक्किएको शक्तिशाली आवाज सुनेपछि स्थानीयहरु घटनास्थलमा पुगेका थिए ।

दुर्घटनाप्रति मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गरेका छन् । उनले सरकारी अधिकारीहरुलाई घटनास्थलमा पुग्न र पीडित परिवारलाई सम्भव भएजति सहयोग गर्न निर्देश दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...