युगान्डामा हिंसात्मक प्रदर्शन, ७ जनाको मृत्यु

Ugandaprot

एजेन्सी । युगान्डाका राष्ट्रपति पदका उम्मेदबार बोबी वाइनलाई पक्राउ गरेपछि युगान्डाको राजधानी कम्पालामा हिंसा हिंसात्मक प्रर्दशन भएको छ । प्रर्दशनकारीहरु आगजनी र तोडफोडमा उत्रिएपछि भएका झडपमा बिहीबार भएको प्रदर्शन हिंसामा ७ जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार सोमबारसाँझबाट शुरु भएको प्रदर्शनमा अरू ४५ जना घाइते भएको प्रहरी प्रवक्ता फ्रेड एनानगाले बताएका छन् ।

प्रदर्शनको क्रममा कोरोना भाइरसको नियन्त्रणका नियमहरु उल्लंघन गरेको आरोपमा प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरेको छ । यद्यपि वाइनका समर्थकहरुले प्रहरीलाई नै आक्रमण गरिरहेको समाचार एजेन्सी एएफपीले जनाएको छ । यस क्रममा प्रहरीले रोबर्ट कयागुलानी नाम गरेका गायकलाई बिहीबार प्रहरी हिरासतमा पनि लिएको छ । त्यसपछि बिहीबार प्रदर्शन थप हिंसात्मक भएको छ ।

प्रहरी र प्रदर्शनकारीबीच भएको झडपको क्रममा घाइते भएका ३० भन्दा बढी घाइतेलाई अस्पताल भर्ना गरिएको रेडक्रसले जानकारी दिएको छ । युगान्डामा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा वाइन पनि एक उम्मेदवार हुन् । उनी विपक्षी राजनीतिक दलको नेता पनि हुन् । युगान्डाका प्रसिद्ध पप गायक उनी पछि राजनीतिमा आएका हुन् । उनी हालका युगान्डाका राष्ट्रपति युओरी मुसेभेनीका प्रमुख प्रतिद्धन्द्धी हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...