मोदी र बाइडेनबीच फोन वार्ता, महामारी नियन्त्रण र सहकार्यका विषयमा छलफल

Modi biden telephonic talk

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनसँग फोनवार्ता गरेका छन् ।

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा बाइडेनलाई बधाई दिँदै मोदीले सहकार्यका लागि आफु सधैँ खुल्ला र तयार रहेको बताएका थिए । 

बधाई दिन मंगलबार गरेको फोन कुराकानीका क्रममा उनले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणमा सँगसगै मिलेर काम गर्न चाहेको बताएका थिए । 

भारत र अमेरिकाबीचको सम्वन्धलाई थप प्रभावकारी, प्रगाढ र राम्रो बनाउनका लागि रणनीतिक साझेदारी र छलफललाई निरन्तरता दिनु पर्नेमा समेत उनले जोड दिएका थिए ।  

मैले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई टेलिफोन गरेर बधाई दिएको छु । फोन वार्ताका क्रममा सहकार्य गर्ने र अपसी सम्वन्धलाई अझ बलियो बनाउने बारेमा पनि सकारात्मक छलफल भएको छ, मोदीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । 

विगतका सहमति तथा सम्झौता, कोरोनाभाइरसको महामारी, जलवायु परिवर्तन, हिन्द–प्रशान्त क्षेत्र लगायतका बारेमा संक्षेपमा कुराकानी भएको पनि प्रधानमन्त्री मोदीले जानकारी दिएका छन् । 

उनले उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई पनि न्यानो बधाई भनेका छन् । भारतीय मूलकी अमेरिकी नागरिक ह्यारिस विजयी भएकोमा भारतीयहरु नागरिकस्तरबाट पनि यस अघि नै खुशियाली व्यक्त भइरहेका छन् ।

उनले विजयी हुनुले अमेरिका र भारतको सम्वन्ध र सहकार्यलाई थप सहज र शसक्त बनाउने विश्वास पनि प्रधानमन्त्री मोदीले व्यक्त गरेकी छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...