नेकपाको सचिवालय बैठक सुरु प्रधानमन्त्री ओली  पनि सहभागी

1601796388

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रिय सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि  सहभागी रहेका छन् । 

फुटको संघारमा पुगेको नेपाको विवाद तत्कालका लागि केही मत्थर हुने पछिल्लो २४ घण्टामा नेताहरुको विभिन्न तहमा देखिएको सक्रियता तथा ओली पक्ष आफ्नो अडानबाट केही पछि हटेपछि यस्तो देखिएको हो । 

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको ओलीले एक पद छोड्नु पर्ने मागसहितको प्रस्ताव फिर्ता लिनु पर्ने अडानमा रहेका ओली सचिवालय बैठकमा सहभागी हुन तयार भएका थिए ।

ओली सहभागी नभए पनि सचिवालय बैठक बोलाउने तयारीमा जुटेको प्रचण्ड–नेपाल समूहले प्रचण्डको प्रस्तावमाथि छलफल अघि बढाएर स्थायी कमिटिको बैठक हुँदै संसदीय दलको बैठकसम्म पुगेर ओलीलाई राजीनामा दिन बाध्य पार्ने रणनीति बनाएको थियो ।

तर पछिल्लो विकसित घटनाक्रममा प्रचण्ड–नेपाल समूह प्रस्तावमाथि अर्को बैठकमा छलफल गर्न तयार भएर केही ‘सम्झौता’ गरेको देखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...