सचिवालय बैठककै समयमा प्रधानमन्त्री ओलीले बोलाए मन्त्रीपरिषद्को बैठक

1587804863kp oli1

काठमाडौँ । संकटमा घेरेरिएको मुलुकको राजनीतिका बीच अनेक अड्कल बाजी भइरहेका बेला नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको केन्द्रीय सचिवालय बैठकको समयसँग बाझिने गरी मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

सचिवालय बैठकको समय सार्ने या नसार्ने भन्ने बारे कुनै औपचारिक निर्णय हुनुपूर्व नै मन्त्रिपरिषद् बैठक बोलाएर केन्द्रीय सचिवालयमा बहुमतमा रहेका प्रचण्ड–नेपाल पक्षसँग समर्पण नगर्ने संकेतका रुपमा यसलाई हेरिएको छ।

एक मन्त्रीका अनुसार ओलीले बुधबार दिउँसो १ बजे बैठक बोलाएका छन्, सोही समयमा सचिवालय बैठक निर्धारण गरिएको थियो।

मन्त्रिपरिषद्को आकस्मिक बैठक गर्ने निर्णय राष्ट्रपति विद्यादेवी भण्डारीसँग मगंलबारको मध्यरातमा भएको बैठकपछि लिएकोले दल विभाजन सम्बन्धी अध्यादेशसँगै मन्त्रिपरिषद्को पुर्नगठनबारे निर्णय हुन सक्ने बुझिएको छ।

ओली समूहले बहिस्कार गरे पनि सचिवालय बैठकमा जाने तयारी गरेका रामबहादुर थापा ‘बादल’का लागि असहज परिस्थिति सिर्जना भएको छ।

 

प्रतिकृया दिनुहोस