हङकङको एक नेपाली रेस्टुरेन्टमा आगलागी, ७ जनाको मृत्यु, ३ को अवस्था गम्भीर

Fire hongkong 1 20201116010612

एजेन्सी । हङकङको एक रेस्टुरेन्टमा आइतबार राति आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । नेपाली रेस्टुरेन्टमा आगलागी हुँदा ज्यान जानेमा ४ जना पुरुष र ३ जना महिला छन् । तीमध्ये एकजना बालिका छिन् । मृत्यु हुनेमा ९ देखि ४० वर्षका रहेका छन् । उनीहरुको परिचय अहिलेसम्म नखुल्नको अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।

क्यान्टोन क्षेत्रको एक अपार्टमेन्टमा सो आगलागी भएको हो । तिहार मनाउन जम्मा भएको बेला आगलागी भएको जनाइएको छ ।साउथ चाइना मर्निङ पोष्टले जन्मदिनको पार्टी मनाइरहेको बेला आगलागी भएको समाचार दिएको छ ।

सो आगलागीमा परी १८ जना घाइते भएको र उनीहरुमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई विभिन्न चारवटा अस्पताल लगिएको छ । सो अपार्टमेन्टमा नेपाली रेष्टुराँ सञ्चालनमा थियो तर दर्ता भने नगरी चलाइएको बताइएको छ । हङकङ सरकारले आगलागीको कारण पत्ता लगाउन छानविन गर्न आदेश दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...