कोरोनाबाट भारतीय अभिनेता स्टार सौमित्र चटर्जीको निधन

Saumitra chatarjee 1605449683

एजेन्सी । बंगाली सिनेमाका अभिनेता सौमित्र चटर्जीको निधन भएको छ । ८५ वर्षीय चटर्जीको कोलकाताको बेले ब्यू क्लिनिकमा निधन भएको भारतीय सञ्चारमाध्यामले जनाएका छन् । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनलाई अक्टोबर ६ मा अस्पताल लगिएको थियो । पछिल्लो समय उनको स्वास्थ्यमा सुधार हुँदै गएको थियो ।

साथै उनको कोरोना रिपोर्ट नेगेटिभ समेत आइसकेको थियो । अचानक उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको चिकित्सकहरुले बताएका छन् । अक्टोबरको अन्तिम सातातिर उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा आइतबार उनको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।

सत्यजीत रेको फिल्म ुअपूर संसारुबाट अभिनय शुरू गरेका चटर्जीले ३ सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत राजनीतिक तथा सिनेकर्मीले अभिनेता चटर्जीको निधनले भारतीय सिनेमामा ठूलो क्षती भएको प्रतिक्रिया जनाएका छन् । चटर्जीले दादासाहेब फाल्के अवार्ड प्राप्त गरेका छन् । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...