शान्ति सम्झौतामा हस्ताक्षर गरेर विवादित बनेका अर्मेनियाका प्रधानमन्त्रीको हत्या प्रयास

Files armenia azerbaijan karabakh conflict

एजेन्सी । विवादित नागोर्नो–काराबाख क्षेत्रको विषयमा शान्ति सम्झौता गरेका आर्मिनियाका प्रधानमन्त्री निकोल पासिनयानको हत्या प्रयास भएको छ । प्रधानमन्त्री निकोल पशिन्यानमाथि हत्या प्रयास भएको पूर्व अधिकारीहरूको समूहले सत्ता कब्जा गर्न रोकेको देशको राष्ट्रिय सुरक्षा सेवा (एनएसएस) ले जनाएको छ ।

पछिल्ला दिनमा प्रर्दशनकारीहरुले पशिन्यानको राजीनामा माग गरेका थिए । संदिग्धहरूले प्रधानमन्त्रीको हत्या गरेर गैरकानुनी ढंगले सत्ता कब्जा गर्ने योजना गरिरहेको खुलेको छ । ‘उनलाई हटाउन सम्भावित उम्मेदवारहरू छलफल भइसकेका थिए,’ एनएसएसले भन्यो ।

आर्मिनियाको नेसनल सेक्युरिटी सर्भिस एनएसएसका अनुसार त्यहाँका पूर्व अधिकारीहरुले पासिनयानलाई हत्या गरेर शक्ति आफ्नो हातमा लिने प्रयास गरेका थिए । एनएसएसका पूर्व प्रमुख अर्टर भेनेत्सेन, रिपब्लिकन पार्टीका पूर्व प्रमुख भराम बग्दसरयान र वार भोलुन्टर असत मिनास्यनलाई हाल हत्या प्रयासको आरोपमा पक्राउ गरिएको छ ।

६ हप्तासम्म युद्ध चलेको थियो । यस क्रममा आर्मिनियाले आफ्नो भूमि भएको दाबी गर्ने क्षेत्र अजरबैजानले नियन्त्रणमा लिएको थियो । रुसको मध्यस्थतामा हालै गरिएको सम्झौता अनुसार अजरबैजानले नियन्त्रणमा लिएको भूभाग अब अजरबैजानकै हुनेछ । आफ्नो भूमिलाई त्यसै अजरबैजानलाई सुम्पिएको भन्दै हाल प्रधानमन्त्री पासिनयानको देशमा विरोध भइरहेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...