फिलिपिन्समा समुद्री आँधीमा परी मृत्यु हुनेको संख्या ६७ पुग्यो

Adhi

काठमाडौं । फिलिपिन्समा शक्तिशाली भाम्को समुद्री आँधीमा परी मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।फिलिपिन्सको नेसनल डिजास्टर म्यानेजमेन्ट एजेन्सीले आइतबार दिएको जानकारीअनुसार अझै १२ जना मानिसहरु अझै हराइरहेका छन् ।

समुद्री आँधीपछिको अवस्था बुझ्न राष्ट्रपति रोड्रिगो डुटेर्टे उत्तरी प्रान्त टुगुईगाराडोको भ्रमणमा आइतबार जाँदैछन् । यो प्रान्तको कागायन भ्यालीमा ठूलो बाढी आएको छ । त्यस्तै राजधानी सहर मनिला, लुजोन टापुलगायतका विभिन्न क्षेत्रमा पनि समुद्री आँधीपछि भारी मात्रामा वर्षा भइरहेको छ । २५ जनाको मृत्यु भइसकेको छ भने लुजोन प्रान्तमा १७ जनाको मृत्यु भएको छ ।

साथै समुद्री आँधीपछिको विभिन्न घटनामा परी २१ जना मानिसहरु घाइते भएका छन् । कागायनको धेरै खेतीयोग्य जमिनहरु डुबानमा परेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले बताएको छ । समुद्री आँधीपछिको वर्षा तथा बाढीको कारण करिब २६ घरहरुमा क्षति पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...