पाकिस्तानी सेनाको आक्रमणमा परी ११ भारतीयको मृत्यु

Jammu kasmir

एजेन्सी । पाकिस्तानी सेनाको आक्रमणमा परी भारतीय सेनाका जवानसहित ११ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान आक्रमणमा परेर भारतीय सेनासँगै बिएसएफका ५ जवान र ६ सर्वसाधारण गरी ११ जनाको मृत्यु भएको हो । पाकिस्तानी सेनाले जम्मु कश्मिरको पुंछ, केरन र गुरेज क्षेत्रमा पाकिस्तानी सेनाले युद्धविराम भंग गरेको आरोप भारतीय पक्षले लगाएको छ ।

बारमुला क्षेत्रमा पाकिस्तानी सेनाको आक्रमणमा परेर बिएसएफका सब इन्स्पेक्टर राकेश डोभालको मृत्यु भएको छ । सो क्षेत्रमा अन्य २ जना जवानको मृत्यु भएको छ । अन्य ३ जवान र ८ भारतीय नागरिक गम्भीर घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...