‘हलो अड्काएर गोरु चुट्ने नीति अवलम्वन गर्दा मलाई निकै ठूलो पीडा र अपमानबोध गरायो’

यस्तो छ दाहालले ओलीलाई लेखेको दोस्रो पत्र (पूर्ण विवरणसहित)

Oli prachanda vet file photo

काठमाडौं । झण्डै फुटको मुखमा पुगेका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसेको छ । बैठक बोलाउन सहमति दिन माग गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई पेश गरेको पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको पत्र र त्यसको प्रतिउत्तरमा प्रचण्डले ओलीलाई लेखेको पत्र समेत नेताहरुलाई दिइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठक ४० मिनटे बसेर सकिएको हो । बैठकमा पार्टीभित्र उत्पन्न संकटलाई सूचीबद्द ढंगले कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

बैठकमा अध्यक्ष प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवेदन, पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत ५ जनालाई लेखेको पत्र, कार्यकारी अध्यक्ष प्रचण्डसहित ५ नेताले ओलीलाई लेखेको पत्र, प्रचण्डले ओलीलाई लेखेको पत्रको जवाफ र अन्तरपार्टी निर्देशिका केही दिन अध्ययन गर्नका लागि सचिवालय सदस्यहरुलाई बाँडिएको थियो ।

यही सिलशीलामा कात्तिक २५ गते प्रधानन्त्री ओलीले प्रचण्डलाई १० पृष्ठ लामो पत्र लेखेपछि त्यसको तीनदिनपछि शुक्रबार प्रचण्डले ओलीलाई ७ पृष्ठको पत्र लेखेका छन् ।

कात्तिक २२ गते प्रचण्डसहित सचिवालयका ५ नेताले बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीलाई बैठक माग गर्दै दुईपृष्ठको पत्र बुझाएका थिए । सोही पत्रको जवाफमा ओलीले २५ गते प्रचण्डलाई पत्र लेखेका हुन् ।

ओलीको पत्रको प्रतिउत्तरमा दाहालले दुुई अध्यक्ष बीचको कार्यविभाजनमा अर्का अध्यक्ष ओलीले हलो अड्काउने र गोरु चुट्ने नीति अवलम्वन गरेको बताएका छन् ।

ओलीलाई लेखेको दोस्रो पत्रमा उनले भनेका छन्, ‘दुुई अध्यक्ष बीचको कार्यविभाजनको सन्दर्भमा तपाईंले जहिले पनि हलो अड्काउने र गोरु चुट्ने नीति अवलम्वन गर्दै आएको कुराले मलाई निकै ठूलो पीडा र अपमानबोध गराएको छ । पार्टी एकताको बेलाको समान हैसियत, आलोपालो अध्यक्षता र आलोपालो सरकार समेत मैले तपाईंको जिद्दी र पार्टी एकताप्रतिको मेरो निष्ठाका कारण छोड्दै गएँ । तर, मैले जति त्याग गर्‍यो तपाईंले त्यति नै अपमानित गर्ने काम बढाउँदै लानुभयो ।’

दाहालले ओलीलाई लेखेको दोस्रो पत्र:

 

प्रतिकृया दिनुहोस