यूएईमा अब अविवाहित जोडी सँगै बस्न पाउने

 115375917 7768cc38 3182 49d1 85f7 8bd2839cb625

एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई) ले कानूनमा व्यापक संशोधन गरेको छ । यूएईले आफ्नो कानुन संशोधनगर्दै अब अविवाहित जोडी साथमा बस्नका लागि कानुनी रुपमा नै मान्यता दिएको हो । लामो समयदेखि यूएईमा लिभिङ टुगेदरलाई अपराध मानिन्थ्यो । नागरिक र प्रवासी नागरिकलाई सकारात्मक र अनुकूल बनाउनका लागि कानुनमा संशोधन गरिएको यूएई सरकारले जनाएको छ ।

यूएईमा लाइसेन्स बिना मद्यपान गर्दा अब कुनै पनि प्रकारको सजायको सामना गर्नुपर्ने छैन । यद्यपि, मद्यपान र मदिरा खरिदका लागि केही शर्त भने लगाइएको छ । जसमध्ये एक रक्सी पिउनेहरुको उमेर २१ वर्षभन्दा माथि हुनुपर्नेछ । एक प्रवासीले भने, ‘पहिला रक्सी पिउन सधैं डराउनुपर्दथ्यो । अब कानूनमा भएको परिवर्तनले हामी थोरै भएपछि सुरक्षित महसुस गरिरहेका छौं ।’

यी परिवर्तनका साथै अब अविवाहित जोडीलाई सँगै बस्ने छुट दिइएको छ । संयुक्त अरब इमिरेट्समा यसअघि अविवाहित जोडी सँगै बस्नु अपराध थियो । यो नयाँ संशोधन विदेशी नागरिकलाई विरासत, विवाह र सम्बन्धविच्छेदसहित विभिन्न मुद्दामा इस्लामिक शरिया अदातलबाट बच्ने अनुमति पनि दिन्छ । यूएईले इस्लामी कानुन हुँदाहुँदै पनि पर्यटक, विदेशी व्यवसायी र उद्योगहरुलाई आकर्षित गर्नको लागि पश्चिमी संस्कृतिलाई स्थान दिएको हो ।

 

प्रतिकृया दिनुहोस