बैठकमा बस्न ओली तयार, नेकपा सचिवालय बैठक शुक्रबार ४ बजे

Nekapa 1

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार बस्ने भएको छ ।

महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँगको परामर्शमा शुक्रबारलाई बैठक बोलाएको हो । सचिवालय बैठक शुक्रवार अपह्रान्न ४ बजे बस्ने तय भएको नेकपा सचिवालय जानकारी दिएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोली दिउँसो ४ बजे सचिवालय बैठक राख्न सहमत भए पनि बैठकका एजेण्डामा अझै सहमति जुट्न सकेको छैन ।

पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले आज दिउँसो ४ बजे सचिवालय बैठक राख्ने तयारी गरेपछि ओली सचिवालय बैठक राख्न सहमत भएका थिए ।

पार्टी दुई अध्यक्षको सहमतिमा बैठक डाक्न सक्ने प्रावधान रहे पनि प्रधानमन्त्री ओलीले आफू कमजोर हुनसक्ने देखेपछि लगातार बैठक बोलाउन अटेर गर्दै आएका थिए । त्यसैको प्रतिक्रिया स्वरुप पार्टी कार्यालय धुम्बाराहीमा ओलीपक्षीय सचिवालय सदस्यबाहेकको छलफल भएको थियो ।

लामो समयदेखि पार्टीको बैठक राख्न अस्वीकार गर्दै आएका ओली संखुवासभाबाट फर्किएपछिका छलफलले उत्साही हुँदै सचिवालय बैठक राख्न सहमत भएका थिए । ओलीले संखुवासभाबाट फर्किएपछि आफूनिकट नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्बाङ लगायतसँग छलफल गरेका छन् ।

पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डसहितका सचिवालयका बहुमत सदस्यहरुले यो पटक कुनै सम्झौता वा सहमति नभएर विधि, प्रक्रिया अनुसार निर्णय हुने जनाएका छन् । हिजो बेलुकी आफ्नै निवासमा प्रचण्डले युवा, विद्यार्थी र मजदुर संगठनका नेताहरुलाई सम्झौताका लागि समय सकिएको जानकारी गराएका छन् ।

९ सदस्यीय सचिवालयमा ओली अल्पमतमा छन् । पार्टीका अन्य निकायमा पनि ओली अल्पमतमा परेपछि बैठक बस्न अस्वीकार गर्दै आएका छन् । विधान अनुसार माग गरिएको नेकपा केन्द्रीय कमिटी बैठक पनि सरेको छ । स्थायी कमिटी बैठकले गरेको निर्णय पनि अलपत्र परेको छ ।

प्रतिकृया दिनुहोस